कोरोना उपचारका तीन तहको अस्पताल बर्गीकरणलाई खारेज गर्ने निर्णयः स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कोरोना उपचारका तीन तहको अस्पताल बर्गीकरणलाई खारेज गर्ने निर्णयः स्वास्थ्य मन्त्रालय

swasthya-mantralaya

काठमाडौ, ८ भदौ । स्वास्थ्य तथा जनसंख्यास्वास्थ्यले कोरोना उपचारका लागि तय गरेको तीन तहको अस्पताल बर्गीकरणलाई खारेज गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले हाल कार्यान्वयनमा रहेको कोरोना अस्पतालको एक, दुई र तीनतह खारेज गरी सबैलाई कोरोनाका बिरामी उपचारमा सूचिकृत अस्पताल कायम गर्ने निर्णय गरेको हो । ती अस्पतालहरुले अब कोरोनाका बिरामीहरुको चिकित्सकीय अवस्था तथा सेवाको उपलब्धताका आधारमा उपचार वा रेफर गर्न पाउनेछन् ।

उक्त निर्णयसंगै अब १ सय १५ वटा अस्पताले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने छन् भने ४९वटा अस्पतालले कोरोनाका बिरामीहरुको उपचार गर्ने छन् । मन्त्रालयले यसअघि कोरोनाका लागि देशभर लेभल ३ का २३ वटा, लेभल २ का १८ वटा र लेभल १का ७ वटा अस्पताल छुट्याएको थियो । मन्त्रालयको निर्णयसंगै अब सबै अस्पतालहरुले समानरुपमा कोरोनाका बिरामीहरु भर्ना लिएर उपचार गर्नुपर्ने छ । यो व्यवस्था अनुसार अब कोरोना उपचार गर्ने अस्पतालले अन्य बिरामीको उपचारका लागि छुट्टै व्यवस्था गर्नुपर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);