वीरगञ्जमा १ सय ५० जना डाक्टरहरुको सामुहिक राजिनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वीरगञ्जमा १ सय ५० जना डाक्टरहरुको सामुहिक राजिनामा

वीरगञ्ज, ८ भदौ । वीरगञ्जका विभिन्न निजि अस्पतालमा कार्यरत १ सय ५० जना एमबीबीएस डाक्टरहरुले सामुहिक राजिनामा दिएका छन् । यसअघि विभिन्न ५ बुँदे मागसहित ७ दिने अल्मिेटम दिदा पनि मागको सम्बोधन नभएको भन्दै सोमवारसम्म मात्रै काममा जाने डाक्टरहरुले बताएका छन् । अस्पताल प्रशासन, चिकित्सक संघ, जिल्ला प्रशासन लगायका ठाउँमा ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको भन्दै मंगलवारबाट काममा नजाने मेडिकल अफिसर एसोसियसन अफ वीरगञ्जका महासचिब डा. रामएकवाल राय यादबले बताउनुभयो ।

एमबीबीएस डाक्टरहरुले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जिवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाईनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार पाउनुपर्ने लगायतका मागसहित ७ दिने अल्टिमेटम दिएका थिए ।

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यरत डाक्टरहरुको मागप्रति सरोकारवाला उदासिन बन्दा आफुहरुले सामुहिक राजिनामा दिन बाध्य भएको महासचिब यादबले बताउनुभयो । विगतमा पनि कम पारिश्रमिकमा काम गर्दै आएको भएपनि अहिलेको विषम परिस्थितीमा जोखिम मोलेर काम गर्दा पनि सम्बन्धि निकायले मुल्यांकन नगरेको भन्दै मेडिकल अफिसर एसोसियसन अफ वीरगञ्जले आपत्ति जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);