उद्योग वाणिज्य संघ म्याग्दीद्धारा स्वास्थ्य सामाग्री वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

उद्योग वाणिज्य संघ म्याग्दीद्धारा स्वास्थ्य सामाग्री वितरण

म्याग्दी । म्याग्दीस्थित निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुको आधिकारीक छाता संगठन उद्योग वाणिज्य संघ म्याग्दीले जिल्ला भित्र रहेका ६ वटै स्थानीय तहहरु सहित बेनी अस्पताल, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र बालगृहमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

संघ स्थापना भएको ५० औं वर्ष पुगेको अवशरमा कोरोना महामारी नियन्त्रणका लागि बेनी अस्पताल, जिल्लाको ६ वटै स्थानीय तहहरु, बालगृह र नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । संस्थाले १ लाख ६७ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

यस भन्दा अगाडि संघले कोरोनाको पहिलो र द्रोस्रो भेरियन्टको बेलामा जिल्लामा कोरोनाका बिरामीहरुको उपचार गर्नका लागि आवश्यक आइसोलेशन तथा कोभिड अस्पताल बनाउन समेत सहयोग प्रदान गर्दै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);