कोभिड बिरामीलाई च्वनप्राश र बिभिन्न, संघ संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोभिड बिरामीलाई च्वनप्राश र बिभिन्न, संघ संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको नयाँ भेरिअन्टको संक्रमित संख्या बढ्दै गएपछि सुरक्षा सतर्कतामा खटिएका सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा बिभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री र कोरोना संक्रमित बिरामीका लागी च्वनप्रास हस्तान्त्रण गरिएको छ ।

सेवाका लागी निरन्तर फ्रन्टलाईनमा खटिएका सुरक्षाकर्मी, पत्रकार तथा अन्य संघसंस्थाका कर्मचारीहरुले बाध्यकारी अवस्था भोग्नु परेको बखत बोधि टेलिभिजन र व्योम कुसुमा बुद्धधर्म संघको सहकार्यमा नेपाली काँग्रेसका युवा नेता तथा लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले पिलवस्तु अस्पतालमा रहेका कोरोना संक्रमितका बिरामीहरु लाई च्वनप्रास र बिभिन्न संघसंस्थालाई आधारभुत स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो ।

कपिलबस्तुमा दोश्रो चरणको कोभिड १९ को संक्रमण घातक रुपमा फैलिरहेको र उक्त संक्रमणको रोकथामका लागी नेपाल प्रहरी,शसस्त्र प्रहरीका सुरक्षाकर्मी, आखाँ अस्पताल,नेपल परिवार नियोजन संघ,नेपाल रेडक्रस सोसाईटी,बाल मन्दिर, नेपाल पत्रकार महासंघ कपिलबस्तु र नेपाल बिद्युत प्राधिकरणका कर्मचारीहरु सेवा प्रवाहका लागी निरन्तर फ्रन्टलाईनमा खटिनु पर्ने भएकाले संक्रमण बाट जोगिने उद्देश्यले बोधि टेलिभिजन र व्योम कुसुमा बुद्धधर्म संघको सहकार्यमा नेपाली काँग्रेसका युवा नेता तथा लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले सो सामाग्री हस्तान्तरण गराइएको बताउनु भएको छ ।

कोरोना संक्रमित बिरामीका लागी च्वनप्रास र संघ संस्थालाई सर्जिकल मास्क, सनीटाईजर लगायतका सामाग्री उपलब्ध गराइएको हो । कार्यक्रममा रवि ठाकुर, दिनेश हमाल,किरणमान बज्राचार्य,जय प्रकाश पाण्डेय,प्रकास घिमिरे अनिल क्षेत्री, डा.अमूल्य पाठक लगायतको उपस्थिति रहको थियो । हाल कपिलबस्तुमा कुल सक्रमितको संख्या १४९० पुगेको छ भने मुत्यु संख्या १५८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);