कांग्रेस नेतृ भुसालद्वारा स्वास्थ्य सामाग्री र खाद्यान्न हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेस नेतृ भुसालद्वारा स्वास्थ्य सामाग्री र खाद्यान्न हस्तान्तरण

बिष्णु खनाल,
अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सचेतक पुष्पा भुसालले अर्घाखाँची जिल्लाका लागि स्वास्थ्य सामाग्री र खाद्य सामाग्री प्रदान गरेकी छन् । जिल्लाबासीलाई कोभिड माहामारीबाट बचाउनका लागि र बाढी पहिरोले घरबार विहीन भएकाहरुलाई राहात होस् भनेर खाद्य सामाग्री प्रदान गरेकी हुन् ।

जिल्ला प्रशासन कार्यालयमा शनिवार एक कार्यक्रमको आयोजना गरी अर्घाखाँची अस्पतालाललाई १० लिटरका २ वटा अक्सिजन कन्सेन्ट्रेटरर मेसिन, मास्क, स्यानीटाइजर, तथा छत्रदेव गाउँपालिकालाई १ वटा अक्सिजन कन्सेन्ट्रेटरर मेसिन, २ हजार थान मास्क, १० लिटर स्यानीटाइजर र शितगंगा नगरपालिकालाई १ वटा अक्सिजन कन्सेन्ट्रेटरर मेसिन सहितका स्वास्थ्य सामाग्री प्रदान गरेकी हुन् ।

कांग्रेस नेतृ भुसालले मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिकालाई २-२ हजारका दरले मास्क र १० लिटरका दरले स्यानीटाइज र नेपाल पत्रकार महासंघलाई स्यानीटाइजर र मास्क प्रदान गरेको नेपाली कांग्रेसका प्रकाशन तथा प्रचार प्रसार विभागका सिंयोजक माधब पौडेलले जानकारी दिए ।

त्यस्तै अविरल बर्षाका कारण बाढी र पहिरोका कारण घरबार विहीन भएकाहरुलाई राहात प्रदान गर्नका लागि ६ क्विन्टल चामल सहित दाल लगायतका खाद्य सामाग्री प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई हस्तान्तरण गरेकी छन् ।

जिल्लामा परेको समस्यामा अलिकति भएपनि मलमपट्टी लगाउने उदेश्यले स्वास्थ्य सामाग्री र खाद्यान्न प्रदान गरेको नेता भुसालको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);