राप्ति नगरपालिकालाई स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

राप्ति नगरपालिकालाई स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण हस्तान्तरण

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए)ले चितवन जिल्लाको राप्ति नगरपालिकालाई ३ थान कन्सन्ट्रेटर र ६ हजार थान मास्क हस्तान्तरण गरेको छ।

संघको तर्फबाट प्रवक्ता सोम सापकोटा लगायत प्रतिनिधि मंडलले आज चितवन जिल्लाको राप्ति नगरपालिकाका प्रमुख शम्शेर लामालाई ती सामाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग गरेकोमा मेयर लामाले संघ प्रति आभार प्रकट गरेका छन्। सामाग्रीहरु विपन्न वर्गका समुदायको हितमा प्रयोग गरिने उनले जनाए ।

संघका प्रवक्ता सापकोटाले संघले विभिन्न एनसीसीहरुको सहयोगमा नेपालका विभिन्न क्षेत्रमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको र कोभिड १९ को नियन्त्रण लागि संघले विश्वमा रहेका गैरआवासीय नेपालीहरुको सहयोग नेपाल सरकार तथा विभिन्न सरोकारवालालाई स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको जानकारी गराएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);