नेपाल भारत मैत्री संघद्वारा सरकारलाई ३०० थान पिपिइ सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल भारत मैत्री संघद्वारा सरकारलाई ३०० थान पिपिइ सहयोग

ppe sahayog

काठमाडौं, २३ चैत । नेपाल भारत मानव विकास एवं मैत्री संघले सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ सहयोग गरेको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले संघले उपलब्ध गराएको ३ सय थान पिपिई आइतवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभयो ।

स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सबैलाई आव्हान गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले कोरोना संक्रमणको उपचारमा अत्यन्तै महत्वपुर्ण स्वास्थ्य सामाग्री पिपिइले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भुमिका निर्वाह गर्ने बताउनुभयो ।

मन्त्री ढकालले सरकारले राजधानीको टेकुमा मात्रै रहेको प्रयोगशालालाई विस्तार गरी प्रदेश प्रदेशमा पुर्याएको र अझै पनि आवश्यक सामाग्रीहरु पुर्याउने क्रममा रहेको उल्लेख गर्नुभयो ।

उहाँले संकटको बेला हिलो छ्याप्ने काम छोडी महामारी विरुद्ध हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);