नेपाल भारत मैत्री संघद्वारा सरकारलाई अत्यावस्यक स्वास्थ्य सामग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल भारत मैत्री संघद्वारा सरकारलाई अत्यावस्यक स्वास्थ्य सामग्री सहयोग

swasthya sahayog

काठमाडौं, २७ चैत । नेपाल भारत मानव विकास एवं मैत्री संघले सूदुरपश्चिम प्रदेशमा कोरोना विरुद्धको स्वास्थ्य उपचारमा रहेका चिकित्सकका लागि अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

संघले बिहीबार कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि दुई सय थान पीपीइ सहित आवश्यक स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको हो ।

सूदुरपश्चिम प्रदेशको समन्वयको जिम्मेवारी पाउनुभएकी खानेपानी मन्त्री बिना मगरलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै खानेपानी मन्त्री मगरले सूदुरपश्चिममा देखिएको अवस्थालाई मध्यनजर गरेर आवश्यक समन्वय भइरहेको र उपलब्ध भएका सामग्रीहरु छिट्टै प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताउनुभयो ।

संघले उपलब्ध गराएका सामग्रीहरुमा मास्क,स्यानिटाइजर, पञ्जा, एप्रोन लगायत रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);