मास्क कसलाई आवश्यक ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मास्क कसलाई आवश्यक ?

mask

काठमाडौं, २७ चैत । कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालमा पनि मास्कको अभाव देखिएको छ । बजारमा अझै यसको सर्वसुलभता छैन । थोरै मूल्य तिरेर पाइने मास्क अहिले धेरै तिर्नुपरेको सर्वसाधारणको गुनासो छ । यसरी धुलो र संक्रमणबाट बच्न प्रयोग मास्कमै कालोबजारी बढ्न थालेपछि सरकारले पनि कडाइ गरेको छ । यसैबीच चिकित्सकहरुले मास्कको प्रयोगबाट धुलो र संक्रमणबाट बच्च सहयोग गर्ने भए पनि यो सबैको लागि अत्यावश्यक नभएको बताएका छन् ।

संसारभर तिब्र गतिमा फैलिईरहेको र महामारी मच्चाईरहेको कोरोना भाईरसको संक्रमणबाट जोगीन मास्क उपयोगीसिद्ध हुने भएकाले यतिबेला मास्कको माग निकै बढेको छ । माग बढेसंगै उपलब्धता कम भएकाले चर्को मुल्य तिर्दा पनि अभाव भईरहेको छ । बिभिन्न जनचेतनात्मक सुचनाहरुको साथै सरकार र सेलेबे्रटीहरुले पनि मास्क लगाउन आह्वान गरीरहेका छन ।

यस्तोमा आम सर्वसाधारणहरुमा कुन समयमा मास्क लगाउने, कति समय मास्क लगाउने र कस्तो प्रकारको मास्क लगाउने भन्ने जिज्ञासा रहेको पाईन्छ । चिकित्सकहरु कोरोना संक्रमित ब्यक्तीबाट आफुमा संक्रमण नहोस भनेर मास्क लगाउनुपर्ने भएकाले घरभित्र मास्क लगाउन आवश्यक नहुने बताउँछन । घरबाहिर निस्कदा मात्र मास्क प्रयोग गरे पनि हुने चिकित्सकहरुको भनाई छ ।

मास्क उपलब्ध नभएको अवस्थामा गलबन्दी वा अन्य कुनै कपडा नाकमुखमा लगाउदा पनि आफु जोगिन र अरुलाई जोगाउन सकिने चिकित्सकहरुको धारणा छ । एन ढछ जस्ता उच्चगुणस्तरका मास्क जोखिममा कामगर्ने स्वास्थ्यकर्मीहरु लागी मात्र भएको तथा सर्वसाधारणलाई यस्ता मास्क आवश्यक नपर्ने उनिहरुको भनाई छ ।

कोरोना भाईरसबाट सृजित महाबिपत्तीको यस समयमा मास्कको प्रयोग सहि तरीकाले गर्न सके रोगको संक्रमणबाट जोगिन सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);