बजारमा मास्कको कृत्रिम अभाव, अनुगमन नहुँदा मूल्यमा चरम बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बजारमा मास्कको कृत्रिम अभाव, अनुगमन नहुँदा मूल्यमा चरम बृद्धि

काठमाडौं, २० फागुन । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण बढेपछि नेपाली बजारमा मास्क विक्रि वितरणमा कालो बजारी शुरु भएको छ । कोरोनाको त्रासको मनोविज्ञानमा व्यवसायीहरुले मास्कमा समेत बदमासी गर्न थालेका छन् ।

सरकारको अनुगमन फितलो हुँदा मास्कमा पनि व्यापारीको मनपरि चलेको हो । बजारमा मास्कको माग बढेपछि व्यवसायीले सर्वसाधारणलाई डाम्न थालेका छन् । यतिबेला कोरोना भाइरसको त्रासको कारण बजारमा मास्कको अत्याधिक माग छ ।

धुलो र धुवाँको प्रदुषणसंगै पछिल्लो चरण कोरोनाको जोखिम बढेपछि मास्कको प्रयोग बढेको हो । मास्कको प्रयोग बढेसंगै व्यवसायीले मास्कमा पनि सर्वसाधारणको ढाड सेक्न थालेका हुन् । मास्कको मूल्य बढेको मात्रै होइन, बजारमा अभाव छ । अभावको बीचमा व्यवसायीले चर्काे मूल्य असुलेको सर्वसाधारणको प्रतिक्रिया छ ।

बजारमा दैनिक लाखौं थान मास्कको माग भएको अनुमान छ । मास्कको माग बढेपनि आन्तरिक उत्पादन कमि छ । मास्क आयात हुने मुलुक चीनबाट अहिले आयात ठप्प छ ।

नेपालमा संचालित मास्क उद्योगले अहिलेको बजार थेग्न सक्दैनन् । सरकारले बजार अनुगमन पटक्कै गरेको छैन । अनुगमन नहुँदा बजारमा मनपरि बढेको हो । विशेष गरि ठूला व्यवसायीहरुले नै अभाव सिर्जना गरेको आरोप लाग्दै आएको छ ।

मुलुकमा मास्क उद्योग पर्याप्त छैनन् । चीन भारतबाट आयात गरेर बजारको माग पुरा गर्नुपर्ने अवस्था छ । मुलुकभित्र संचालित उद्योगले बजार थेग्न सक्ने अवस्था छैन ।

विदेशबाट आयात र आन्तरिक उत्पादनमा पनि ठूला र घरानीया व्यवसायीको पकडमा छ । अभाव सिर्जना गरेर व्यापारीले मूल्य बढाएका छन् । सरकारले अनुगमन नगर्दा बजार अभाव बढेको हो । यसर्थ प्रभावकारी अनुगमन गरि मास्कको क्रितिम अभावलाई व्यवस्था गर्न राज्यले तत्परता देखाउनु आवस्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);