लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने

लमजुङ । कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने भएकाे छ । जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन समितिले  पाउदी बजारमा सहायता कक्षा स्थापना गर्ने निर्णय  गरेकाे हाे ।

सदरमुकाम बेंसीसहरसहित सुन्दर बजारमा पनि आइसाेलेसन सहितको उपचार व्यवस्थापन गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितको टोलीले सुन्दर बजारको नमुना सामुदायिक अस्पतालमा आइसाेलेसन व्यवस्थापनका लागि स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरेको छ । नमुना अस्पतालमा ४० बेडकाे आइसाेलेसन तयार गर्ने निर्णय गरेको हाे ।

सुन्दर बजार नगरपालिका उपमेयर ज्ञानु शाहको अध्यक्षतामा भएको छलफलमा कोभिड संक्रमण न्यूनीकरणका लागि विभिन्न निर्णय भएका छन् । जिल्ला प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनमा कोभिड–१९ सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे/नगरेको नियमित जाँच गर्ने निर्णय भएको छ । सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले मास्कको प्रयोग नगरेको पाइएमा चालक तथा सहचालकलाई कारबाही गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।

बेंसीसहरमा रहेको जिल्ला अस्पताल लमजुङमा २५ बेडको आइसोलेसन कक्ष तयार भएकाे छ । जिल्ला अस्पतालको आईशोलेसन कक्षमा प्रत्येक बेडका लागि मनिटर र अक्सिजनको पनि व्यवस्था गरिएको छ ।

 जिल्लामा आइतबार एकै दिन १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा हाल ३४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);