वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन

bidesh

काठमाडौं, २० फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनेसँगै सरकारले उक्त निर्णय गरेको जनाइएको छ । कोरोनाको सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अत्यावश्यक बाहेकका कामकालागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार नपठाउन लागिएको हो । कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने मन्त्रालयले जनाएको छ ।

ठूलो संख्यामा नेपाली कार्यरत विभिन्न श्रम गन्तव्य मुलुकमा कोरोनाको संक्रमण देखिएको छ । दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स यूएई, कतार, बहराइन र ओमानमा पनि कोरोना संक्रमित फेला परिसकेका छन् ।

कोरियामा झण्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेशामा संलग्न छन् । त्यस्तै मध्यपूर्वी मुलुकमा पनि झण्डै १० लाख नेपाली कार्यरत रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);