वैदेशिक रोजगारमा गएकालाई उद्दार, के भन्छन् सरोकारवाला ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वैदेशिक रोजगारमा गएकालाई उद्दार, के भन्छन् सरोकारवाला ?

काठमाडौं, ११ भदौ । वैदेशिक रोजगारमा गएका कामदारहरुलाई उद्दार गर्दा राज्य कोषले धान्न नसक्ने डरले सरकारले उद्दार प्रक्रिया पछाडि धकेल्दै गएको सरोकारवालाहरुले बताएका छन् । सरकारी पैसामा उद्दार गर्दा विदेशमा रहेका सबै कामदार आउन खोज्ने र राज्य कोषले धान्न नसक्ने डरले सरकारले उद्दार प्रक्रियालाई पछाडि धकेल्दै लगेको सरोकारवालाहरुको बताएका हुन् ।

बिहीबार पत्रकारसंगको कुराकानीमा वैदेशिक रोजगार समबन्धित सरोकारवालाहरुले कामदारहरुबाट जम्मा गरेको रकम खर्च गर्न ठराएको बताएका हुन् । वैदेशिक रोजगार व्यवसायी अब्दुल सतारले वैदेशिक रोजगारमा जानुअघि श्रम स्वीकृति लिन भन्दा पहिला १ हजार ५ सय रुपैयाँ काल्याणकारी कोषमा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था भएको तर सोही रकम सरकारले खर्च गर्न कन्जुस्याई गरेको बताउनुभयो ।

वैदेशिक रोजगारमा गएका कामदारहरुलाई भवितव्य परेमा, मृत्यु भएमा वा अपाङ्गता भएको अवस्थामा रेस्क्यु गर्नका लागि भन्दै सरकारले यो कोषमा रकम जम्मा नगर्दासम्म श्रम स्वीकृति दिदैन । तर अहिले कोभिड महामारीबाट अप्ठेरोमा परेका कामदारलाई उद्दार गर्न कोषको रकम खर्च हुने डरले सरकारले विभिन्न मापदण्ड बनाएर ढिलाई गर्ने र विभेद गर्ने नीति लिएको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगार ऐनले पनि भवितव्य परेमा कुनैपनि मुलुकमा रहेका कामदारलाई उद्दार गर्ने पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने उल्लेख भएकोले पनि त्यसलाई पालना गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले स्वदेशमा फर्कन चाहने सबै कामदारहरुलाई तत्काल निःशुल्क रुपमा फर्काउन, पीसीआर परीक्षण र क्वारेन्टाइनको व्यवस्था निःशुल्क गर्न समेत माग गर्नुभयो ।

वैदेशिक रोजागर सम्बन्धी रिपोर्टिङ गर्दै आउनु भएका पत्रकार सुनिल न्यौपानेले सरकारी पैसामा उद्दार गर्न थालियो भने कम्पनीले टिकट काटेर पठाउने र आफै टिकट किन्न सक्नेहरु पनि सरकारी पैसामा आउन खोज्छन र राज्यको कोषले धान्न सक्दैन भन्ने डर सरकारसँग रहेको बताउनुभयो । जसका कारण पनि सरकारले वैदेशिक रोजगारीमा भएमा कामदारहरुलाई उद्दार गर्ने प्रक्रियालाई पछाडि धकेल्दै लगेको उहाँले बताउनुभयो ।

सर्वोच्च अदालतले आदेश गरेपछि मात्रै बाध्य भएर उद्दारको काम सुरु गरेको सरकारले आवस्यकता अनुरुप काम नगरेको पुष्टि भइसकेको बताउनुभयो । अदालतले वैदेशिक रोजगारीमा रहेका मानिसहरुलाई सरकारी खर्चमा उद्दार गर्न नभनेकाले पनि सरकारले निर्देशिका बनाई श्रम स्वीकृति लिएको निश्चित समय पुगेकालाई मात्रै उद्दार गर्ने नीति लिदा उद्दार कार्यमा विभेद देखिएको बताउनुभयो ।

श्रम तथा वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई उद्दार गर्न ढिलो भइसकेको बताउनुभयो । कोभिड महामारी सुरु भएपछि पनि निकै ढिलो गरी नीति बनाएको भएपनि सरकारले अहिले सम्म सोही नीति अनुसार उद्दार गर्न नसकेको बताउनुभयो । उहाँले नेपाली कुटनीतिक नियोगहरु पनि अहिले बल्ल नामावली संकलन गर्ने काममा लागेकाले गैह्रजिम्मेवार बन्दै गएको बताउनुभयो ।

गैह्र कानूनी रुपमा गएकाहरुलाई उद्दार गर्न सक्दिन भन्नु गैह्र जिम्मेवार

विदेशमा अलपत्र परेका नेपालीलाई समयमै ल्याउन नसक्दा कतिपय व्यक्तिहरु बाटोमा अलपत्र परेको खबरहरु आइरहेको उहाँले बताउनुभयो । उहाँले श्रम स्वीकृति नलिइकन जाने कामदारहरुलाई सरकारको उद्दार नीतिले नसमेटेको बताउनुभयो । उहाँले गैह्र कानूनी रुपमा गएकाहरुलाई उद्दार गर्न सक्दिन भन्नु गैह्र जिम्मेवार भएको टिप्पणी गर्नुभयो ।

त्यस्तै कल्याणकारी कोषमा रहेको रकम अहिले नै खर्च गरे भविस्यमा के गर्ने भन्ने सोचाई सरकारको रहेकाले उद्दार कार्यका लागि उक्त रकम खर्च हुन नसकेको समेत बताउनुभयो । श्रमिकहरुले नै जम्मा गरेको कोषको रकम खर्च गर्नका लागि सरकारले कन्जुस्याई गर्न जरुरत नहरहेको पनि गुरुङले बताउनुभयो ।

वैदेशिक रोजगार व्यवसायीहरुले भने सरकारले मेनपावरले पठाएका कामदारको जिम्मेवारी सम्बन्धित कम्पनीले नै लिनुपर्ने जस्तो गरी व्यवहार गरेको बताउनुभयो । वैदेशिक रोजगारबाट वार्षिक रुपमा कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत भन्दा बढी रकम योगदान गर्ने मानिसहरुलाई विपदको बेलामा उद्दार गर्न कन्जुस्याई गर्न नहुने तर्क गरेका छन् ।

यस्तै कोभिडका कारण सबै क्षेत्रमा प्रभाव परेको तर सरकारले वैदेशिक रोजगारी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक हुँदा अहिले सम्म कुनैपनि तरिकाले राहत पाउन नसकेको बताएका छन् । पुनरकर्जा कोष, बैंक ब्याजदर लगायत कुनैपनि किसिमको सुविधा पाउन नसक्दा व्यवसायबाट नै पलायन हुनुपर्ने स्थिति आएको गुनासो व्यवसायीहरुको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);