महामारीले पनि रोकेन विदेश जाने लहर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

महामारीले पनि रोकेन विदेश जाने लहर

खोटाङ । कोभिड महामारीका बीचमै पनि खोटाङबाट वैदेशिक रोजगारीमा जाने क्रम रोकिएन । महामारीका चरम भइरहेको बेला आर्थिक वर्ष २०७७/०७८ मा समेत खोटाङबाट एक हजार नौ सय २८ जना वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।

वैदेशिक रोजगार सरोकार समाज पुर्नगठन एवं वार्षिक योजना निर्माण कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले महामारीकै बीचमा एक सय चार जना महिला विदेसिएको जानकारी दिए । देशभरबाट वैदेशिक रोजगारमा जाने सूचीको १९औं स्थानमा खोटाङ रहेको छ । खोटाङबाट करिब ६० हजार सर्वसाधारण वैदेशिक रोजगारका सिलसिलामा विभिन्न देशमा पुगेको संयोजक राईले बताए । 

महामारीका बीचमा जिल्लाबाट काठमाडौं वा काठमाडौंबाट जिल्ला आवत–जावत गर्ने अवस्था नहुँदा एजेन्ट सक्रिय भएको उल्लेख छ । एजेण्टले काम गरिदिने भन्दै कागजात लिएर रकम लिने गरेको राईले जानकारी दिए । चालु आर्थिक वर्षमा वैदेसिक रोजगारमा गएका आठ जनाको शव पनि ल्याएको कार्यक्रममा जानकारी दिइएको छ । 

वैदेसिक रोजगार सरोकार समाजको कार्ययोजना तय 
वैदेशिक रोजगार सरोकार समाज खोटाङले वार्षिक कार्ययोजना तय गरेको छ । वैदेसिक रोजगारलाई प्रभावकारी र उपलब्धीमुलक बनाउन समाजले विभिन्न सचेतनामुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । दसैं र तिहारको बिचमा सितला मावि खाल्लेमा शिक्षक–अभिभावक अभिमुखीकरण, २ मंसिरमा दिक्तेलमा शिक्षक–कर्मचारी र सामाजिक व्यक्तिसँग अन्तरक्रिया, ३ पुसमा दिक्तेलमा सडक साहित्य कार्यक्रमलगायत सचेतनामुलक अभियान सञ्चालन गरिने वैदेसिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राईले बताइन् । 

बैठकले वैदेशिक रोजगार सरोकार समाज पुर्नगठन पनि गरेको छ । समाजको सदस्य फेरबदल गर्दै अध्यक्षमा रेखा राईलाई नै निरन्तरता दिइएको हो । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);