विद्यालयमा वैदेशिक रोजगार सम्बन्धी सचेतना मूलक अभिमुखीकरण | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

विद्यालयमा वैदेशिक रोजगार सम्बन्धी सचेतना मूलक अभिमुखीकरण

खोटाङ । वैदेशिक रोजगार सम्बन्धी सचेतना अभिवृद्धिका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित शीतला माविमा ‘शिक्षक, विद्यार्थी र अभिभावक अभिमुखीकरण’ कार्यक्रम गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ वैदेशिक रोजगार सरोकार समाजले सोमबार विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकलाई सहभागी गराएर सचेतनामूलक कार्यक्रम गरेको हो ।

सहभागी शिक्षक, विद्यार्थी र अभिभावकलाई वैदेशिक रोजगारीलाई उपलब्धिमूलक , भरपर्दो र सुरक्षित बनाउने उपायका बारेमा जानकारी दिइएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।

आवश्यक सीप सिकेर मात्र विदेश जान, वैदेशिक रोजगारीमा जानेक्रममा उपयोग भएका कागजातको प्रतिलिपि घरमा राख्न, एजेन्ट वा म्यानपावर कम्पनीलाई बुझाएको रकमको भर्पाई लिन नभुल्न, ठगीबाट बच्ने उपायदेखि वैदेशिक रोजगारीका कारण निम्तिन सक्ने मनोसामाजिक समस्याका बारेमा गाउँघरमा सचेतना फैलाउनका लागि सहभागीलाई आग्रह गरिएको समाजले जनाएको छ । वैदेशिक रोजगार सरोकार समाजको वार्षिक कार्ययोजना अनुसार शीतलामा माविमा वैदेशिक रोजगार सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो । 

वार्षिक कार्ययोजना अनुसार खाल्लेमै ‘इस्यू’मा आधारित कार्यक्रम, २ मंसिरमा दिक्तेलमा शिक्षक, कर्मचारी र सामाजिक व्यक्तिसँग अन्तरक्रिया, ३ पुसमा दिक्तेलमा सडक साहित्य कार्यक्रमलगायतका सचेतनामूलक अभियान सञ्चालन गरिने वैदेशिक रोजगार सरोकार समाजकी अध्यक्ष रेखा राईले बताइन् । 

Leave a Reply