महिलालाई घरेलु श्रम गर्न जान रोक लगाउनुपर्ने सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

महिलालाई घरेलु श्रम गर्न जान रोक लगाउनुपर्ने सांसदको माग

काठमाडौं, २९ भदौ । सांसदहरुले नेपाली महिलाहरुलाई खाडी मुलुकमा घरेलु श्रम गर्न जान रोक लगाउनुपर्ने बताएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा सांसदहरुले सुरक्षाको दृष्टिकोणले खतरा रहेका देशमा महिलालाई श्रम गर्न जान रोक लगाउनुपर्ने बताएका हुन् ।

बैठकमा सहभागी संसदको महिला तथा समाजिक समितिकी सभापति निरुदेवी पालले लुकिछिपि गएपनि विदेशमा अलपत्र परेका महिला श्रमिकलाई उद्दार गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभयो । उहाँले कोरोना संक्रमणको अवस्थामा विदेशमा अप्ठेरो अवस्थामा परेका नागरिकलाई स्वदेश ल्याउने दायित्व सरकारको नै भएकाले ऐन नियम छैन भन्दै पन्छिने कार्य गर्न नहुने बताउनुभयो ।

सरकारले कोरोना संक्रमणपछि विभिन्न देशमा रहेका नेपाली श्रमिकहरुलाई उद्दार गरिरहे पनि अवैधानिक रुपमा गएका र विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई ल्याउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गर्न कानून अनुसार नमिल्ने बताउँदै आएको छ ।सांसदहरुले भने महिला श्रमिकहरु स्वदेश फर्कन नपाएको भन्दै तत्काल कोषको रकम परिचालन गर्ने व्यवस्था गरी उद्दार गर्न माग गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);