विदेशमा रहेका नेपाली उद्धारमा फरक उद्धार नीति बनाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

विदेशमा रहेका नेपाली उद्धारमा फरक उद्धार नीति बनाउन निर्देशन

काठमाडाैं, ११ भदाै। संसदको महिला तथा सामाजिक समितिले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसार फरक फरक उद्धार नीति बनाउन सरकारलाई निर्देशन दिएको छ ।

विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ एनआएनएका प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको माध्यमबाट छलफल गर्दै समितिले सरकारलाई उक्त निर्देशन दिएको हो ।

देशको समस्या, सम्बन्धित देशमा कोरोना भाइरसको अवस्था र उद्दार गर्नुपर्नेलाई प्राथमिकतामा नराखी विदेशमा रहेका नेपाली उद्धारमा एउटै नीति लिँदा समस्या हुने महिला तथा सामाजिक समितिको निष्कर्ष छ ।

सरकारले खोलेको नियमित उडान र स्वदेश फिर्ता गराउनुपर्ने नेपालीबीच तालमेल नमिलेको भन्दै समितिले वैदेशिक रोजगारीमा देखिएका समस्या दीर्घकालीन समस्या समाधानका लागि तत्काल संयन्त्र बनाउन पनि निर्देशन दिएको छ । साथै समितिले वैदेशिक रोजगारीमा रहेका नेपाली महिलाको संख्या यकीन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

Leave a Reply