मौसमले साथ नदिएपछि आलु उत्पादनमा गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मौसमले साथ नदिएपछि आलु उत्पादनमा गिरावट

बागलुङ,११ भदाै । मौसमले साथ नदिएपछि यस वर्ष बागलुङमा आलु उत्पादनमा गिरावट आएको छ । गएको चैत्रमा महिनासम्म हिउ परेपछि उत्पादन हुन नसकेको हो । चैतपछि पनि निरन्तर वर्षात भइरहेकोले यस वर्ष आलु उत्पादन घटेको हो ।

आलुको पकेट क्षेत्रको रुपमा रहेको बागलुङको ढोरपाटन क्षेत्रमा यस वर्ष आलु उत्पादन घटेको छ । फल लाग्ने समयमा अत्याधिक वर्षा भएपछि यस आलु उत्पादन घटेको हो । जिल्लामा मुख्य बालीको रुपमा गरिने आलु खेती यसवर्ष उत्पादन घटेपछि बजार माग धान्न गाह्रो हुने भएको छ।

आलु उत्पादनमा गिरावटसँगै बीउ आलु समेत समस्या हुने भएको छ । ढोरपाटनमा १ क्वीन्टल आलुको बीउमा २० क्वीन्टल बढी आलु फल्ने गर्दछ । तर, यस वर्ष १ क्वीन्टल बीउमा ५ क्वीन्टल पनि आलु फलेको छैन ।

ढोरपाटन नगरपालिकाको बोबाङ लगायतका आसपासमा व्यवसायीक आलु खेती हुदै आएको छ । यहाँको आलुको बजार गण्डकी प्रदेशमा मात्रै नभएर राजधानी र विदेशमा समेत निर्यात हुदै आएको छ। गत वर्ष ढोरपाटनको आलु हिमालयन आलु ब्रान्डको रुपमा फ्रान्स निर्यात भएको थियो ।

ढोरपाटनको आलु स्वादिष्ट हुने भएकोले सिंगापुर र फ्रान्सवाट अत्याधिक माग हुने गरेको छ । बेमौसममा समेत उच्च गुणस्तको आलु उत्पादन हुने ढोरपाटनमा यो वर्ष निरन्तरको वर्षाले गर्दा उत्पादनमा कमी आउँदा बजार समेत महंगो भएको छ ।

ढोरपाटनको आलु ब्राण्ड हुदैँ गएको छ । उच्च पहाडी भूभागमा उत्पादित आलु स्वादिष्ट र गुणस्तरीय भएकोले विश्व बजारमा समेत यहाँ आलु पुग्ने गरेको छ । वार्षिक यहाँका कृषकले करिब २ हजार हेक्टर क्षेत्रफलमा आलु खेती गर्दै आएका छन् । तर, निरन्तर वर्षाले ढोरपाटनको आलु उत्पादनमा धक्का लागेपछि कृषकले मार खानुपरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);