आलु उत्पादन गरेर एक अर्ब ११ करोड रुपैयाँ आर्जन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आलु उत्पादन गरेर एक अर्ब ११ करोड रुपैयाँ आर्जन

potato

काठमाडौं, २५ चैत । नुवाकोटका किसानले एक वर्षमा आलु उत्पादन गरेर एक अर्ब ११ करोड रुपैयाँ आर्जन गरेका छन् । हिउँद र बर्षा गरी दुई मौसममा ७४ हजार दुई सय चार मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेका हुन् ।

आलु उत्पादनको एक वर्षको तथ्यांकले  नुवाकोटका किसानहरू आर्थिक समृद्धिको बाटो स्थानीय तहबाट निदृष्ट भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा दुई मौसममा गरी चार हजार दुई सय ४८ हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ । प्रतिहेक्टर १७ दशमलव ४७ मेट्रिक टन उत्पादन भई जिल्लाभर कुल ७४ हजार २०४ मेट्रिक ट्रन आलु उत्पादन भएको गैरेले बताए । गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् आलुको जोन कार्यालय नुवाकोटमा सञ्चालनमा आएसँगै आलुखेती गर्ने किसानको संख्या र लगाउने क्षेत्रफलमा बढेको हो ।

आलुको उत्पादनमा वृद्धि र मूल्यसमेत राम्रो पाएपछि आलु खेती गर्दै आएका किसानसमेत उत्साहित बनेका छन् । मलखादको सहज आपूर्ति र सुहाउँदो हावापानीले पनि उत्पादनमा वृद्धि भएको छ । नुवाकोटको हावापानी आलुखेतीका लागि उपयुक्त मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);