बाजुराबाट १० लाख रुपैँया बराबरको आलु निर्यात | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बाजुराबाट १० लाख रुपैँया बराबरको आलु निर्यात

aalu bajura

मदन विक

बाजुरा, २७ कात्तिक ।  बाजुराबाट चालु आर्थिक बर्ष २०७६/७७ मा हालसम्म १० लाख रुपैँया बराबरको आलु निर्यात भएको छ । आलुखेतीको पकेटक्षेत्र मानिने जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेबाट पहिलोपटक ३ सय क्वीन्टल अर्थात् १० लाख रुपैयाँ बराबरको आलु सदरमुकाम लगायत जिल्ला बाहिरका अन्य शहरहरुमा निर्यात भएको हो ।

नेपालको दुर्गम जिल्लाहरुमध्ये एक सुदूरपश्चिमको बाजुरा जिल्लाबाट पहिलो पटक आलु निर्यात हुन थालेको छ । विगत बर्षहरुमा पर्याप्त आलु उत्पादन भएपनि बजारको अभावमा उत्पादन खेर जाने गरेकोमा चालु आर्थिक बर्ष २०७६/०७७ देखि आलु निर्यात हुन थालेको हो । बाजुरामा आलुको पकेट क्षेत्र बडीमालिका नगरपालिका–७ को ढम्कने बजारमा उत्पादित आलु पहिलो पटक जिल्ला सदरमुकाम मार्तडी लगायत धनगढी, पोखरा र काठमाडौँसम्म पुग्न थालेको छ । पछिल्लो समयमा कृषकहरुले उत्पादन गरेको आलुको बजारीकरणमा कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गरेपछि कृषकहरुलाई आलु खेतिमा आत्मनिर्भर बन्न सजिलो भएको कृषकहरु बताउँछन् ।

बाजुरा जिल्ला स्याउको लागि मात्र नभएर आलुका लागि पनि प्रख्यात मानिदै आएको छ । आलुको बजारीकरण र कृषकहरुलाई प्रोत्साहित र उत्पादनलाई वृद्धि गर्नका लागि बडीमालिका ७ मा प्रथम ढम्कने आलु महोत्सव समेत गरिएको थियो । आलु महोत्सव पश्चात् यहाँ उत्पादित आलुले बजार पाउन सजिलो भएको बडीमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्याय बताउँनु हुन्छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुशार चालु आर्थिक बर्षको हाल सम्ममा करिव १० लाख रुपैँया बराबरको आलु निर्यात भएको छ । बाजुरामा १९ सय १५ हेक्टर क्षेत्रफलमा आलु खेती हुन्छ भने २० हजार मेट्रिक टन आलुको वर्षेनी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बाजुराको खप्तड छेडेदह गाँउपालिका, त्रिबेणी नगरपालिका, बुढीनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाका केही क्षेत्र आलुको पकेट क्षेत्रका रुपमा रहेका छन् । बाजुरामा हिँउदे र वर्षे गरी १ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ भने वर्षमा २० हजार ४ सय ७० मेट्रिक टन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);