संचार गृहमै गएर कुटपिट गरेको बिरुद्धमा संचारकर्मी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

संचार गृहमै गएर कुटपिट गरेको बिरुद्धमा संचारकर्मी आन्दोलित

कैलाली , २९ भदौ । संचारकर्मीलाई संचार गृहमै गएर कुटपिटमा गरेको बिरुद्ध कैलालीका सञ्चारकर्मीहरु अन्दोलित भएका छन् । पटक–पटक संचारकर्मीहरुमा आक्रमण भएको भन्दै कैलालीका पत्रकारहरु आन्दोलनमा उत्रेका हुन् ।

गत भदौ २६ गते ‘प्रहरी थुनुवा कक्षमा आत्महत्या’ बिषयको समाचार प्रकाशित गरेपछि धनगढीको दिनेश सञ्चार गृह र पत्रकारमाथि संचारगृहमै गएर एक हुल समुहले आक्रमण ग¥यो । आक्रमणपछि पिडितलाई कार्वाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघ कैलालीको अगुवाईमा पत्रकारहरु चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीले आन्दोलन जारी राखेको छ । भाद्र २७ गते कार्वाहीको माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र, भाद्र २८ गते जिल्ला प्रशासन कार्यालय कैलाली मुल गेट अघि कोण सभा र भाद्र २९ गते जिल्ला प्रशासन कार्यालय कैलालीको मुल गेटमा धर्ना र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोलन भट्टलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले घटनामा संलग्नलाई कारवाही हुने विश्वास दिलाउनु भएको छ । पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको कैलालीका पत्रकारहरुको भनाइ छ । आक्रमण भएको चार दिन पुगिसक्दा पनि कार्वाहीको प्रकृयामा स्थानीय प्रशासन उदासिन भएको सामुदायिक रेडियो प्रशारक संघ सुदूरपश्चिमका अध्यक्ष दीर्घराज उपाध्यायले बताउनुभयो ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५÷२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो । पत्रकारहरु कोरोना संक्रमणको बास्ता नगरी अहिले सडक आन्दोलनमा छन् । संबिधानमा पुर्ण प्रेस स्वतन्त्रताको व्यबस्था भएपनि संचारकर्मी र संचारगृहमा आक्रमण हुनु लोकतन्त्र माथिकै ठुलो प्रहार हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);