वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नविकरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नविकरण गर्ने

काठमाडौ, २६ असार । सरकारले न्युनतम एक सय कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको नविकरण गर्ने भएको छ । शुक्रबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले उक्त जानकारी दिनुभएको हो ।

उहाँले कोरोना भाईरसका कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि कानुन अनुशार बाधा अडकाउ फुकाउ मार्फत एक वर्षका लागि सबै म्यानपावर कम्पनीको नविकरण गर्ने व्यवस्था गर्न लागिएको उल्लेख गर्नुभयो ।

बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैह्रेले सबै म्यानपावर कम्पनीको नविकरणको प्रक्रियाको सुरुवात गर्न माग गर्नुभयो ।

बैठकमा सांसदहरुले एकसय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीलाई नविकरण गर्नुपर्छ भन्ने पक्षमा आफुहरु नरहेको तर अहिलेको परिस्थितिका कारण एउटा आर्थिक वर्षका लागि नविकरण गर्ने व्यवस्था छिटो मिलाउन आग्रह गरेका थिए ।

म्यानपावर व्यवसायीहरुले न्यूनतम एक सय जना कामदार नपठाए नविकरण नहुने अवस्था आएपछि सहजिकरण गरी एक वर्षका लागि नविकरण गर्न दिन माग गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);