कतार जाने नेपाली कामदारको श्रम स्वीकृति रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कतार जाने नेपाली कामदारको श्रम स्वीकृति रोक

baidesik rojgar

काठमाडौं, २७ फागुन । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा कतार जाने नेपाली कामदारको लागि श्रम स्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएपछि विभागले मंगलबारदेखि श्रम स्वीकृतिमा रोक लगाएको हो ।

विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन पनि बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रम स्वीकृति नदिने विभागले जनाएको छ ।

कतारले सोमबारदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेश रोक लगाएको थियो । श्रम स्वीकृति पाएका झन्डै ५ सय नेपाली नागरिक सोमबार त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेको थियो ।

दोहा उडान गर्ने कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि नेपाली नागरिकको यात्रामा रोक लगाएका छन् । नेपाल एयरलाइन्सले कतारबाट आउन चाहने यात्रुलाई भने ल्याउने जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);