एकीकरणपछि पार्टी फुट्न नदिने अध्यक्ष थापाको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एकीकरणपछि पार्टी फुट्न नदिने अध्यक्ष थापाको प्रतिवद्धता

kamal thapa-raprapa

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता जनाउनुभएको छ । पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । बुधबार राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता हुँदैछ ।

पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गर्नुभयो । थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔँ । सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडी बढ्न खोज्यौ भने सिथिल भइन्छ र गति लिन सकिँदैन् । अब पार्टी फुट्दैन, फुट्न दिँदैनौँ भन्ने मानसिकताका साथ पार्टी अगाडी बढ्नुपर्छ ।’

अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले कम्युनिष्ट र कांग्रेसको बैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफुलाई बैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने बताउनुभयो ।

अन्य कुनै पनि पार्टीले आफुलाई कांग्रेस, कम्युनिष्टको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने उल्लेख गर्दै उहाँले उनीहरुले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);