राप्रपा विभाजनको संघारमा पुगेका हल्ला निराधार : राप्रपा अध्यक्ष थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

राप्रपा विभाजनको संघारमा पुगेका हल्ला निराधार : राप्रपा अध्यक्ष थापा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी भदौमा पार्टी महाधिवेशन हुनुपर्ने धारणा राख्नु भएको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम अतुल्यमा कुरा गर्दै अध्यक्ष थापाले पार्टी एकता गर्दाको सम्झौता पालना गर्न आगामी भदौमा राप्रपाको महाधिवेशन हुनुपर्ने धारणा व्यक्त गरेको हो ।

उनले नेकपा र जसपा विभाजनको संघारमा पुगेका बेला बजारमा राप्रपापनि विभाजन हुन्छकी भन्ने हल्ला निराधार भएको स्पष्ट गरे । तिन अध्यक्ष भएपनि राप्रपाले गति नलिएको, अनिर्णयको बन्दि बनेको अवस्थामा महाधिवेशन मार्फत असहज र अस्वभावीक व्यवस्थालाई चाँडै नै सुधार गर्ने उनको तर्क छ ।

राप्रपामा हिन्दुराष्ट्र र राजसंस्थालाई भोट बैंकका रुपमा बुझ्ने व्यक्ति र संघर्ष समिति ठान्नेहरु भएको र उनिहरुलाई राप्रपापाको बैचारिक धारमा ल्याउने प्रयासमा आफु जुटेको अध्यक्ष थापाको भनाई छ । आगामी महाधिबेशको मुल कार्यदिशा राजसंस्था र सनातन हिन्दुराष्ट्र नै रहेको स्पष्ट पारे ।

उनले नेपाली कांग्रेसकोपनि धार्मीक मौलिकता हिन्दुराष्ट्र र राजसंस्थानै भएकाले यही विचारलाई प्रतिपादन गर्न आग्रह गरे । कम्युनिष्टको एजेण्डालाई बोकेर कांग्रेसले कम्युनिस्टलाई पराजीत गर्न नसक्ने भन्दै अध्यक्ष थापाले विपि कोइरालाको नीतिलाई अगाडी बढाउने हिम्मत गरेर आफ्नो मौलिक पन बचाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरे ।

पूर्ण अन्तर्वार्ताकाे लागी हेर्नुहोला बिहीबार साँझ ९ बजे माउण्टेन टेलिभिजनमा ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);