आगामी भदौमा पार्टी महाधिवेशन हुनुपर्ने राप्रपा अध्यक्ष थापाको ‌धारणा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आगामी भदौमा पार्टी महाधिवेशन हुनुपर्ने राप्रपा अध्यक्ष थापाको ‌धारणा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामि भदौमा पार्टी महाधिवेशन हुनुपर्ने धारण राखेको छ । बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै उक्त कुरा बताएको हो ।

अध्यक्ष थापाले पार्टी एकता गर्दाको सम्झौता पालना गर्न आगामी भदौमा राप्रपाको महाधिवेशन हुनुपर्ने धारणा व्यक्त गरे । उनले नेकपा एमाले र जसपा विभाजनको संघारमा पुगेका बेला राप्रपापनि विभाजन हुन्छ की भन्ने हल्ला निराधार भएको स्पष्ट गरे ।

राप्रपामा हिन्दुराष्ट्र र राजसंस्थालाई भोट बैंकका रुपमा बुझ्ने व्यक्ति र संघर्ष समिति ठान्नेहरु भएको र उनिहरुलाई राप्रपापाको बैचारिक धारमा ल्याउने प्रयासमा आफु जुटेको अध्यक्ष थापाको भनाई छ । नेता थापासँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे र शुक्रबार बिहान ९ बजे माउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्य हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);