राप्रपाको आउँदो जेठमा महाधिवेशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राप्रपाको आउँदो जेठमा महाधिवेशन

raprapa

काठमाडौं, ९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७७ जेठ महिनामा महाधिवेशन गर्ने निर्णय गरेको छ। दुई दिनसम्म बसेको केन्द्रीय समितिको विस्तारित बैठकले अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पनि सर्वसम्मतरूपमा पारित गरेको छ।

यो वर्षलाई राप्रपाले ‘संगठन निर्माण वर्ष’ का रूपमा कार्यान्वयन गर्ने भन्दै आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको हो। २०७३ साल फागुनमा राप्रपाको एकता महाधिवेशन सम्पन्न भएको थियो। साधारणतया चारवर्षमा महाधिवेशन गर्दा २०७७ सालको अन्तिमतिर केन्द्रीय महाधिवेशन गर्नुपर्ने हुन्थ्यो। बैठकमा अध्यक्ष थापाले राष्ट्रिय राजनीतिमा देखिएको तरल स्थिति, पार्टी संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था एवं आगामी स्थानीय÷संसदीय निर्वाचनको तयारीको लागि समेत पर्याप्त समय प्रदान गर्नुपर्ने भन्दै आगामी महाधिवेशन २०७७ जेठ महिनामा गर्ने प्रस्ताव गर्नुभएको थियो।

महाधिवेशनको मिति तय भएसँगै यो वर्ष संगठन निर्माण गर्ने क्रममा देशका सम्पूर्ण गाउँ÷नगरपालिकाका वडाहरूमा पार्टी एकाइ समितिको गठन÷पुनर्गठन गर्ने र कम्तीमा ३ लाख सक्रिय सदस्य बनाइने राप्रपाले जनाएको छ। युवक, महिला, विद्यार्थी र धार्मिक संगठनको एकाइ प्रत्येक गाउँ÷नगरपालिकाहरूमा विस्तार गरिने राप्रपाको योजना छ। राप्रपाले यो वर्ष ट्रेड युनियन महासंघ, शिक्षक परिषद् र युवा मोर्चाको शाखाहरू प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रसम्म गठन गर्नुका साथै सम्पूर्ण भातृसंगठनको केन्द्रीय अधिवेशन सम्पन्न पनि सम्पन्न गरिसक्ने जनाएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);