राप्रपाको महाधिवेशन एक महिनापछि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राप्रपाको महाधिवेशन एक महिनापछि

raprapa

काठमाडाैं । राप्रपाको महाधिवेशन एक महिनापछि सरेको छ । सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशन गर्न समय अपुग भएको भन्दै महाधिवेशनको मिति सार्ने राप्रपाले निर्णय गरेको हो ।

केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन २२ देखि २५ जेठमा गर्ने निर्णय गरेको बताइएको छ । यसअघि २५ देखि २८ वैशाखमा महाधिवेशन गर्ने तय भएको थियो ।

बैठकले वैशाख मसान्तसम्म सक्रिय सदस्यता वितरण सक्ने निर्णय गरेको छ । वडा, पालिका र जिल्ला अधिबेशन वैशाख मसान्तसम्म, प्रदेश अधिवेशन ७ जेठसम्म र महाधिवेशन प्रतिनिधिको निर्वाचन १० जेठसम्म गर्ने राप्रपाले निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);