३२ सांसदलाई स्पष्टिकरण पत्र पठाउँदै एमाले | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

३२ सांसदलाई स्पष्टिकरण पत्र पठाउँदै एमाले

काठमाडौं । नेकपा एमालेले २७ जना प्रतिनिधि सभा सांसदसहित ३२ जनालाई स्पष्टिकरण सोध्ने भएको छ ।

एमालेले प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेश सभाका ५ सहित ३२ जना सांसदलाई आज स्पष्टिकरण पत्र पठाउन लागेको हो । पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार ३२ जना सांसदलाई संसदीय दलमार्फत स्पष्टिकरण पत्र पठाउन लागिएको हो ।

सोमबार बसेको पार्टी महाधिवेशन आयोजक कमिटी बैठकको निर्णयअनुसार संसदीय दलमार्फत पत्र पठाउन लागिएको हो ।

यसैक्रममा माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अन्तिम स्पष्टिकरण सोधिने छ । यी चार नेताले चित्त बुझ्दो स्पष्टिकरण दिँदै सच्चिएर आए पार्टीमा एकपटक मौका दिइने, नसच्चिए निष्कासन सम्म गर्न सक्ने एमालेको तयारी छ ।

पार्टी हितविपरित गतिविधि गरेको भन्दै एमालेले उनीहरुलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिसकेको छ ।

कर्णालीमा फ्लोर क्रस गरेका सांसदलाई पनि स्पष्टिकरण पत्र पठाइँदैछ । यद्यपी उनीहरुले जस्तो जवाफ दिए पनि पार्टीमा कुनै ठाउँ नदिइने निर्णय भइसकेको नेता शेरबहादुर तामाङले जानकारी दिए । प्रारम्भिक कारबाहीमा परेकाहरुलाई भने एक पटक सच्चिने मौका दिइनेछ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);