स्थानीय निर्वाचनअघि सबै दल महाधिवेशनमा केन्द्रीत | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

स्थानीय निर्वाचनअघि सबै दल महाधिवेशनमा केन्द्रीत

काठमाडौं । आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचनमा हुनेछ । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । जसअनुसार आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचन हुने भएको हो । तर, यसअघि प्रभावशाली राजनीतिक दलहरु आ(आफ्नो महाधिवेशनमा केन्द्रीत भएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत यही १८ भदौबाट वडा अधिवेशन सुरू भइसकेको छ । कांग्रेसको १४औँ महाधिवेशन ९ देखि १३ मंसिरसम्म हुने भएको छ । कांग्रेस महाधिवेशनमा होमिइसक्दा अरु दलहरु पनि तयारी अवस्थामा छ ।

एमालेले पनि आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । ‘आउँदा १० देखि १३ मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ’, एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले भने । उनकाअनुसार सोही मितिमा महाधिवेशन गर्ने गरी तयारी थालिएको छ ।

कांग्रेस र एमालेभन्दा अगाडि कात्तिकमा राप्रपाको महाधिवेशन हुने छ । राप्रपाले २७(३० कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको छ । ‘२७(३० कात्तिकमा पार्टीको महाधिवेशन गर्न पार्टीले निर्णय गरिसकेको छ । यसको तयारी भइरहेको छ’, राप्रपा नेता मोहन श्रेष्ठले भने । माओवादी केन्द्र राष्ट्रिय भेलाको तयारीमा जुटेको छ । महाधिवेशनमा जानुअघि माओवादीले राष्ट्रय भेलाको आयोजना गर्ने भएको हो । उसले पुसमा राष्ट्रिय भेला गर्ने गरी तयारी गरिरहेको छ ।

‘१०(१३ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने पार्टीले निर्देशन गरिसकेको छ’, माओवादी नेतृ पम्फा भुसालले भनिन्, ‘राष्ट्रिय भेला गर्ने गरी अहिले तयारी भइरहेको छ ।’

एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले पनि राष्ट्रिय भेलाको तयारी गरेको छ । गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको समाजवादीले राष्ट्रिय भेलामार्फत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने भएको छ । तर, भेलाको मिति भने तय भइसकेको छैन ।

जनता समाजवादी पार्टी, नेपालले मंसिरमा विधान अधिवेशन गर्ने भएको छ ।

विधान अधिवेशनपछि महाधिवेशनबारे छलफल हुने जसपा नेता सुरेन्द्रकुमार यादवले जानकारी दिए । ‘आउँदो मंसिरमा विधान अधिवेशन हुँदैछ । त्यसपछि महाधिवेशनको विषयमा कुरा होला’, उनले भने । जसपाबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल महाधिवेशनमा नजाने भएको छ । ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको लोसपा तत्काल महाधिवेशनमा नजाने भएको हो । ‘हामी ९लोसपा० भर्खरै आयोगमा दर्ता भएका हौँ’, लोसपा नेता केशव झाले भने, ‘पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने बाध्यकारी छैन । यसबारे पार्टीमा छलफल पनि भएको छैन ।’

आउँदो कात्तिकमा राप्रपाको महाधिवेशनबाट सुरू हुने राजनीतिक सरगर्मीले मंसिर निकै तताउने देखिन्छ । चाडपर्व सकिएलगत्तै दलहरु अधिवेशन केन्द्रित देखिने भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन, एमालेको १०औँ महाधिवेशन र जसपाको विधान अधिवेशनले मंसिर महिना राजनीतिक चापमा पर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);