एमालेमा असहमतिकाबीच पनि विधान महाधिवेशनको चटारो (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

एमालेमा असहमतिकाबीच पनि विधान महाधिवेशनको चटारो (एक रिपोर्ट)

नेकपा एमालेमा यतिबेला विधान महाधिवेशनको चटारो छ । यहि असोज १५ देखि १७ गतेसम्महुने विधान महाधिवेशनको तयारीमा एमाले व्यस्त छ । नेपाली राजनीतिक ईतिहासमा एमालेले पहिलो पटक विधान र नेतृत्व तहको महाधिवेशन गर्न लागेको हो । तर आन्तरिक असहमतिकाबीच विधान अधिवेशनमा लाग्नुले एमालेमा असन्तुष्टि अझै बढ्न सक्ने विश्लेषण हुन थालेको छ ।

विधान महाधिवेशन नजिकिएसँगै नेकपा एमालेले यसको तयारी तीव्र पारेको छ । नेपाली राजनीतिमा विधान महाधिवेशन र नेतृत्व महाधिवेशन फरक फरक समयमा हुने तयारी गरेर नेकपा एमालेले फरक राजनीतिकको प्रयास थालेको छ ।

एमालेको यो तयारीसँगै नीति र नेतृत्व महाधिवेशन फरक फरक समयमा किन गर्ने भन्ने बहसको थालनीसमेत भएको छ । नेपाली राजनीतिमा हरेक पार्टी महाधिवेशन भन्ने वित्तिकै प्रतिनिधि छनोट र नेतृत्वमा कब्जा गर्नका लागि दौडधुप चल्ने गरेको छ ।

यस्तो अवस्थामा वैधानिक र नीतिगत तहमा विचार विमर्श गर्ने र विधान संसोधन तथा परिमार्जन गर्ने र सम्पुर्ण तयारीका साथ नेतृत्व तहमा जाने लक्ष्य एमालेले लिएको छ । विगतमा सिधै राष्ट्रिय महाधिवेशनमा जाँदा सबैको ध्यान निर्वाचनमा केन्द्रीत हुने हुनाले वैचारीक वहसले प्राथामिकता पाउन नसक्ने भन्दै विधान महाधिवेशनको अभ्यास गरेको नेता ठाकुर गैरे बताउनुहुन्छ ।

एमालेले नयाँ प्रयास गर्न लागेकोमा राजनीतिक वृत्तमा भने विधान महाधिवेशनका सन्दर्भमा अनेक टिकाटिप्पणी हुन थालेको छ । विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको ले विधान मस्यौदा प्रस्ताव स्थायी र केन्द्रीय कमिटी बैठकमा पेस भइसकेको छ ।

तर उक्त प्रतिवेदनमा पाटी उपमहासचिव घनश्याम भुसालको फरक मत पनि आइसकेको छ । त्यसैगरी १० बुँदे कार्यान्वयनको विषयमा समेत असहमति रहेको अवस्थामा विधान महाधिवेशनमा जाँदा समस्या उत्पन्न हुनसक्ने विश्लेषण भइरहेको छ । तर त्यस्ता असन्तुष्टीहरु विस्तारै समाधान गर्दै लाने नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बताए ।

कतिपय विवादहरु यथास्थितीमै राखेर विधान महाधिवेशनमा होमिँदा आन्तरिक झमेला आउनसक्ने आशंका छ । राजनीतिमा फरक प्रयोग गर्ने र महाधिवेशनलाई सहजता दिने उद्देश्यले एमालेले ल्याएको विधान महाधिवेशनका बारेमा मिश्रित प्रतिक्रियाहरु आईरहेका छन् । नेकपा एमालेको यो नयाँ प्रयोगले राजनीतिक वृत्तमा कस्तो परिवर्तन आउला, त्यो भने हेर्न बाँकीनै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);