Our Network

कार्तिक १ २०७८, सोमबार

महाधिवेशनमा देखिएको तामझामको खर्चका सम्बन्धमा आम चासो

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आइतबार सकिएको छ । ललितपुरको गोदावरीस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भएको विधान महाधिवेशनमा देखिएको तामझाम र तडकभडकको खर्चलाई लिएर अनेक टिकाटिप्पणी सुरु भएको छ । केहि दिनमै महाधिवेशनको सम्पूर्ण खर्च र व्यवस्थापनबारे सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

देशभरबाट ६ हजार भन्दा बढी नेताकार्यकर्ता सहभागी एमालको विधान महाधिवेशन सफलताका साथ सफल भएको नेताहरूले बताएका छन् । महाधिवेशनको तामझाम र प्रचारप्रसारले पनि यस कुराको पुष्टि गर्छ ।

काठमाडौंका विभिन्न सडकहरू केपी ओलीको फोटो अङ्कित बोर्ड तथा फ्लेक्सहरूले भरिभराउ थिए । अझ सातदोबाटोबाट कार्यक्रमस्थल गोदावरीसम्म पुग्दा झन्डै ३० वटाजति त स्वागतद्वार नै बनाइएको थियो । सडकको दुवैतर्पm बिजुलीका हरेक खम्बामा एमालेको झण्डा टाँगिएको थियो ।

कार्यक्रम स्थलमा प्रधानमन्त्री ओलीका ठुला ठुला फ्लेक्स ठड्याइएको थियो । महाधिवेशनमा खानेपानीका बोतलमा समेत अध्यक्ष केपी ओलीको फोटो रहेको थियो । यतिका तयारीका लागि एमालले आर्थिक स्रोत कसरी जुटायो त भन्ने प्रश्न अहिले उठिरहेको छ । तर यत्तिको खर्च गर्नसक्ने सामथ्र्र्य एमालेले राख्ने नेता महेश बस्नेत बताए ।

राजधानीका ठूला क्याटरिङ्बाट टेन्डर प्रक्रिया आह्वान गरेर तीन दिनसम्म ६ हजारभन्दा बढि व्यक्तिहरूलाई बिहान ब्रेकफास्टसहित मासुका परिकार, खाना र खाजाको व्यवस्था गरिएको थियो । सातदोबाटोदेखि प्रतिनिधिहरूलाई गोदावरीसम्म पु¥याउन गाडीको विषेश व्यवस्था थियो ।

कार्यक्रम सञ्चालन गरिएको अन्तर्राष्ट्रिय सभाहलको खर्चलगायत प्रचारप्रसार र खानपान हेर्दा विधान महाधिवेशन निक्कै खर्चिलो भएकोमा कुनै सन्देह छैन । महाधिवेशनको सबै खर्च पारदर्शी रहेको र यसलाई छिटै सार्वजनिक गरिने महाधिवेशन व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङ बताए ।

महाधिवेशन र पार्टीगत कार्यक्रमहरूमा निश्चिन्त भई खर्च गर्न नेपाली राजनीतिक दलहरू कुनै पनि कसर बाँकी राख्दैनन् । यस्ता कार्यक्रममा लाग्ने खर्चको स्रोत र हैसियतमा बारम्बार प्रश्न उठ्ने गरेको छ तर त्यसप्रति पारदर्शी र जवाफदेही बन्ने हिम्मत कुनै पनि राजनीतिक दलले गर्न सक्दैनन् । देश र जनताको विश्वास जित्न राजनीतिक दलहरू आफ्ना कार्यक्रम र त्यसमा लागेको खर्चबारे पारदर्शी र इमान्दार हुन जरुरी देखिन्छ ।

Leave a Reply