पाँच हजारभन्दा बढी प्रतिनिधि सहित एमालेको विधान महाधिवेशन हुँदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाँच हजारभन्दा बढी प्रतिनिधि सहित एमालेको विधान महाधिवेशन हुँदै (भिडियाेसहित)

काठमाडाैं । नेकपा एमालेको विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु हुँदैछ। गोदावरी सनराइज सम्मेलन केन्द्र मा हुने एमालेको विधान महाधिवेशन तीन दिन सम्म चल्ने छ। पार्टीको विधान महाधिवेशनलाई ऐतिहासिक बनाउन सिंगो पार्टी पक्ती परिचालित भएको छ।

पार्टीको नीति, विचार र संरचनाबारे टुंगो लगाउन एमालेको विधान महाधिवेशन महत्वपुर्ण सावित हुने अपेक्षा गरिएको छ। लामो समय देखि एमालेको नेतृत्व तहमै रहेका माधव कुमार नेपाल, झलनाथ खना र बामदेव गौतम लगायतका नेताहरुको बर्हिगमन पछि हुन लागेको विधान महाधिवेसन आफैमा रोचक हुनेछ।

पार्टी फुटबाट तग्रीदै गरेको नेकपा एमाले भित्र अहिले नेताहरुका बीचमा ठोस असहमति नभएका कारणले एमालेको विधान महाधिवेशन स्वभाविक रुपमा सहज हुने अपेक्ष गरिएको छ। त्यती मात्र होइन विधान महाधिवेशनबाट पार्टीको सिद्धान्त समेत टुंगो लाग्ने छ। महाधिवेसनबाट पार्टीको सिद्धान्त पास भएपछि पार्टी एकल नेतृत्वमा जाने पक्का देखिएकोछ। महाधिवेशन चुनाव केन्द्रित आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ पहिलो शक्ति बनाउन एमालेले कुनै कसर बाकि नराख्ने योजना बनाएको छ।

यदि एमालले सरकार सञ्चालन गर्न सक्ने गरि आगामी निर्वाचनमा जनमत प्राप्त गर्न सक्यो भने एकल पार्टी नेतृत्वका सरकार गठन गर्न एमालेलाई अर्को फाइदा हुने छ। त्यसैले एमालेको यो विधान महाधिवेशनले आगामी निर्वाचनको तयारी बारे निश्चित खाका कोर्न सक्ने सम्भावना पनि बलियो छ।

ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमामाथि छलफल गर्दै विधानको टुंगो लगाएर आफुलाइ समयानुकूल अघि बढाउने प्रयासमा एमाले छ। पाँच हजार भन्दा बढी प्रतिनिधिहरुले एमालेको आसन्न विधान महाधिवेशनमा राजनीतिक कार्यदिशा, आगामी निर्वाचनका लागि रणनीति, सांगठनिक संरचना जस्ता एजेन्डा बारे निश्कर्ष निकाल्ने छन।

पार्टीभित्र देखिएका विवादको समस्यालाई समाधन गर्न र एमालेलाई एकताबद्ध बनाउन यो विधान महाधिवेन महत्वपुर्ण मानिएको छ। एमाले राम्रोसँग अघि बढ्न सके राष्ट्रिय राजनीतिमा समेत उसको भुमिका जबरजस्त बन्न सक्ने सम्भावना छ। आफ्नो गुमेको वर्चस्व त्यहि अबस्थामा पु¥याउन अहिले एमाले कसरत गरिरहेको छ।

भर्खरै फुटबाट गुज्रेको नेकपा एमाले समक्ष अवरसँग सँगै प्रशस्त चुनौती पनि छन। आगामी दिनमा पार्टी लाई प्रतिपक्षी दलको रुपमा कसरी सशक्त बनाउने भन्ने देखि निर्वाचन सम्बनिध रणनीति सम्म। पार्टीलाई एकताबद्ध बनाउन केन्द्र देखि प्रदेश र स्थानीय तहसम्मका नेताहरुको व्यवस्थापन एमाले नेतृत्वका लागि अर्को चुनौती छ।

नेता कार्यकर्ताहरुलाई गुटको गोलचक्करमा फस्न नदिन पनि नेतृत्वले गम्भिर रुपमा ध्यान दिनु पर्ने छ। केन्द्रमा माओवादीबाट आएका नेताहरु सहित एमलेका प्रभावशाली नेताहरुको व्यवस्थापन गर्नु एमालेका लागि सोचे जस्तो सहज छैन। जनताको अपेक्षा अनुसार एमालेले आफुलाई परिर्जीत गर्न सके मात्र नेतृत्व सफल हुन सक्छ भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ। एमालले विश्व राजनीति र अर्थतन्त्रमा उदीयमान दुई छिमेकी मित्र राष्ट्र भारत र चीनबीच सन्तुलित सम्बन्ध कायम गर्न सक्नु पर्छ। किनकि नेपालको राष्ट्रिय राजनीतिमा भुराजनीतिक विषय स्वतह जोडिन्छ।

वैदेशिक हस्तक्षेप तिब्र रुपमा बढेको वेला एमालेले राष्ट्रियताको विषय कसरी उठाउछ? यो आम चासोको विषय बनेको छ। प्रतिनिधिहरुले संगठनको सुदृढीकरण बारे खुलेर बहस गर्र्न छन। आर्थिक विकास, समृद्धिका लोकपृय नारा विगतमा नै ल्याएको एमालेले ती नारा सकार गर्न के विधान महाधिवेसनबाट कस्तो रणनीति अपनाउछ यो आफैमा महत्वपुर्ण विषय हो। यो विषय केवल एमालेसँग जोडिएको छैन। आम जनतासाग प्रत्यक्ष जोडिएको विषय हो छ।

राजनीति नै भ्रष्टाचारको मुख्य कारक तत्व बनेको वेला जनताले अनुभूत गर्ने खालका कार्यक्रम ल्याउने नेतको खोजि भइरहेको छ। निरास भएका आम जनतामा कुनै पनि राजनीतिक दलहरुले समरात्मक सन्देश समेत दिन सकिएको छैन। देश सप्रिएला कि भन्ने आशामा रहेका जनताको विश्वासमाथि बारम्बार आघात पुगिरहेको छ।

यस्तो अबस्थामा एमालेको विधान महाधिवेसनले पार्टीसँगै मुलुक र जनतालाई कसरी समेट्छ यो आम चासोको विषय बनेको छ। हिजो पार्टीभित्र रहेका असन्तुष्ट नेताहरुले काम गर्न दिएन भन्ने एमाले नेतृत्वको असन्तुष्टिले अब खास अर्थ राख्दैन।

किनकि एमालेलाई सुझबुझ ढंगले अघि बढ्दै काम गरेर देखाउदा अबारोध नै पु-याउने नेता पार्टीभित्र देखिदैनन। त्यसैले चौतर्फी रुपमा मुलुक संकटगग्रस्त अबस्थामा पुगेको वेला झण्डै ६ हजार प्रतिनीधिहरुको उपस्थितीमा हुने एमालेको विधान महाधिवेसनलाई निकै महत्वको साथ हेरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);