एमाले सचिवालय बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

एमाले सचिवालय बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा अपरान्ह १ बजे बस्न लागेकाे हाे ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने बताउनुभयो ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ।

Leave a Reply

ताजा समाचार