कोरोना भाइरसका कारण राप्रपाको महाधिवेशन स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोना भाइरसका कारण राप्रपाको महाधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी “राप्रपाका” महाधिवेशन स्थगित भएको छ। राप्रपाका तीनैजना अध्यक्षसहित शनिबार बसेको बैठकले कोरोना संक्रमणका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै आगामी जेठ २२–२५ सम्म काठमाडौँमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन तत्कालका लागि नहुने राप्रपाले जनाएको हो ।

बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेका अवस्थामा सरकारले नियन्त्रण गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमिका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग अपिल समेत गरेको छ ।

त्यस्तै सरकारले नागरिकको रक्षाका लागि यो समयमा कुनै कसर बाँकी नराख्न भन्दै सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि माग गरेको छ ।संकटका बेला सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा, कुर्सीको लडाईमा लागिपरेको समेत राप्रपाले आरोप लगाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);