कोरोना महामारी रोकथामको जिम्मेवार प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

कोरोना महामारी रोकथामको जिम्मेवार प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा

gagan thapa

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीविरुद्धको लडाँइमा समाहित हुन आग्रह गरेका छन् ।

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले शनिबार एक भिडियो सन्देश जारी गर्दैै प्रधानमन्त्री ओलीलाई केही दिनका लागि पार्टी भित्रको विवाद मिलाउने र चर्काउने काम छाडेर कोरोना विरुद्धको अग्रमोर्चामा उभिन सुझाव दिएका हुन् ।

नेता थापाले प्रधानमन्त्रीमा पुनःनियुक्तिसँगै कोरोना महामारीविरुद्धको महायुद्धको सेनापतिको जिम्मेवारी फेरि पनि ओलीको काँधमा आएको समेत बताएका छन्। पुनःनियुक्ति पाएका प्रधानमन्त्रीले अब कोरोना महामारीसँग जुध्नका लागि साँच्चिकै प्रयत्न गरेर लाग्नुपर्ने थापाको भनाइ छ।

नेता थापाले केही दिनका लागि बोल्न समेत छाडिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। ‘केही दिनलाई सभा, सम्मेलन, भेटघाट, उद्घाटन, शिलान्यास सबै रोकिदिनुहोस्,’ थापाले भनेका छन्, ‘केही दिनलाई बोल्न बन्द गरिदिनुहोस्, यथार्थलाई स्वीकार गर्नुहोस्, अनि तपाईंको मन, ध्यान, तपाईंको सम्पूर्ण शक्ति, तपाईंको समय, सम्पूर्ण, शतप्रतिशत यही महामारीविरुद्धको युद्धमा लगाउनुहोस्।’

प्रधानमन्त्री ओलीका विचार र व्यवहार तथा वचन र कर्मप्रति आफ्ना पनि थुप्रै असन्तुष्टि रहेको उल्लेख गर्दै थापाले कोरोनाविरुद्धको युद्धमा लाग्नका लागि आफू आफ्ना असहमतिहरुलाई थाती राख्न तयार रहेको बताएका छन्।

कोरोना महामारीसँग जुधीरहेका जनताको जीवन जोगाउन इमान्दारितापूर्वक लागेमा आफू र आफूजस्तै धेरे व्यक्ति पनि प्रधानमन्त्री ओलीलाई सहयोग गर्न तयार रहेको पनि थापाको भनाइ छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);