विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर् : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर्न आग्रह गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जालमार्फत् स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भईरहेको बताउदै यस्तो आग्रह गरेको हुन् ।

नेता थापाले एकातिर स्वास्थ्य मन्त्रालय तेस्रो लहरबारे बताइरहने र अर्कोतर्फ मापदण्ड पालना नगरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने भन्ने प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘एकातिर @mohpnep ले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहने?कि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ!तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर। ‘

उनले थप लेखेका छन्, ‘वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका छन्।एउटै हलमा धेरै विद्यार्थी राख्दा हुने संक्रमणको जोखिम त छ नै संक्रमितलाई समेत छुट्टै व्यवस्था नहुदा उनीहरू आफ्नो अवस्था लुकाइ परीक्षा दिन बाध्य छन्। ‘

नेता थापाले यस विषयमा मंगलबार साँझ प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको बताएका छन् । उनले यो विषयलाई प्रधानमन्त्री देउवाले गम्भीरताका साथ लिएको र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाएको समेत उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);