विद्युत् प्राधिकरणमा कुलमानको पुनरागमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विद्युत् प्राधिकरणमा कुलमानको पुनरागमन

kulman ghising

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनरागमन भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

घिसिङले २०७७ भदौ ३१ गते कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका थिए ।

नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका थिए ।

यसअघि सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको थियो । प्रधानमन्त्री देउवाको उपस्थितिमा ऊर्जामन्त्री भुसालले शाक्यलाई पदबाट हटेर सहयोग गर्न आग्रह गरेको बताइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);