विधि विपरित वितरण गरिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : डा. शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

विधि विपरित वितरण गरिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न : डा. शेखर कोइराला

dr sekhar koirala

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विधि विपरित वितरण गरिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत डा. कोइरालाले पार्टी समायोजनका नाममा प्रकृया नपुर्‍याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने बताएका हुन् ।

डा. कोइरालाले लेखेका छन् , ‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न। ‘

कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा भदौमा हुने भनिएको १४ औं महाधिवेशन अझै अन्योलमा रहेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);