कांग्रेस नेता अर्जुननरसिंह केसीले भने : क्रियाशिल सदस्यता वितरणको छानविन हुनुपर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस नेता अर्जुननरसिंह केसीले भने : क्रियाशिल सदस्यता वितरणको छानविन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरेको भन्दै कांग्रेस पार्टी कार्यालमा धर्ना बसेका नेता तथा कार्यकर्तालाई भेटेका छन् । क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै कांग्रेस बाराका नेता–कार्यकर्ता चार दिनदेखि धर्नामा रहेको समयमा नेता केसी बुधबार धर्नास्थ पार्टी कार्यालयमा पुगेका हुन् ।

धर्नामा बसेका नेता तथा कार्याकर्तालाई भेटन पुगको नेता केसीले विधान मिचेर वितरण गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने माग गरेका छन् । पार्टीमा छलफल नै नगरी प्रवेश गराइएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने, पुराना क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने, विधान अनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नुपर्ने, वडा समितिको सिफारिस बिना गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने लगायतका माग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);