कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक फेरि सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक फेरि सर्‍यो

nepali congress

काठमाडौं, २६ कार्तिक । कार्तिक २७ गते बिहीबार बस्ने तयभएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ गते शुक्रबार बस्ने गरी स्थगित गरीएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति बैठक २८ गते बस्ने जानकारी गराउनु भएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग अनौपचारिक बैठकबाट सम्बोधन गर्ने प्रयास सफल हुन नसक्दा कांग्रेस केन्द्रीय कार्यसमिती बैठक सर्दै अनएको छ । सुरुमा कात्तिक २१ गते लाई बोलाईएको बैठक सहमती नजुट्दा पटक पटक स्थगित भइरहेको छ ।

आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड दिँदै आएको छ । पौडेल पक्षले क्रियाशील सदस्यता, केन्द्रीय विभागको गठन, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समिति सम्बन्धका पार्टी संस्थापनले गरेका गल्तीहरु सुधार्नुपर्ने माग राखेको छ । प्रक्रिया र विधानविपरीत क्रियाशील सदस्यताको वितरण रोकिनुपर्ने पौडेल पक्षको माग छ ।

विधान विपरीत गठन भएका विभाग विघटन गर्नुपर्ने माग पनि पौडेल समुहले राखेको छ । गठन भइसकेका केन्द्रीय विभाग विघटन गर्न शेरबहादुर देउवा तयार हुनुभएको छैन । क्रियाशील सदस्यता वितरणमा पनि विधानविपरीत नभएको दाबी संस्थापन पक्षले गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);