कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।

घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पूरा गरी घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले जनाएको छ ।

यसअघि सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री देउवाको उपस्थितीमा ऊर्जामन्त्री भुसालले शाक्यलाई पदबाट हटेर सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

प्राधिकारणको हालसम्मको काम पनि सन्तोषजनक नभएको पनि उनले जिकिर गरेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);