कुलमानको नियुक्तीविरुद्ध हितेन्द्रदेव शाक्यको रिट आज सुनुवाइ हुँदै, रिट प्रधानन्यायाधीश राणाको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कुलमानको नियुक्तीविरुद्ध हितेन्द्रदेव शाक्यको रिट आज सुनुवाइ हुँदै, रिट प्रधानन्यायाधीश राणाको एकल इजलासमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पद पुनर्वहालीको माग गर्दै पूर्व निर्देशक हितन्द्रदेव शाक्यले सर्वोच्चमा दायर गरेको रिटको आज सुनुवाइ हुँदै छ ।

पूर्व निर्देशक शाक्यले दायर गरेको रिट मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको छ । यसअघि भदौ २ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको उक्त रिट ‘हेर्न नभ्याइने ’ मा परेको थियो ।

पूर्व निर्देशक शाक्यले निर्देशक पद ‘थमौती गरिपाउँ’ भन्दै साउन ३२ गते सर्वोच्चमा रिट दायर गराएका थिए । प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफूलाई हटाई कुलमान घिसिङलाई गरिएको नियुक्ति बदरको माग गरेका शाक्यले गरेका छन् । निर्देशकको पदमा आफूलाई पुनर्बहानली गर्न शाक्यले अन्तरिम आदेशको माग गरेका छन्

शाक्यको रिट निवेदनमा आफ्नो सहमतिबिना विद्युत प्राधिकरण बाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले राजीनामा पनि नदिएको र कुनै स्पष्टीकरण समेत नसोधिएको अवस्थामा आफू विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमै कायम रहेका जिकिर गरेका छन् ।

गएको साउन २४ गते बसेको मन्त्रिपरिषद् बैठकलाई घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो भने उनले साउन २७ गते नियुक्ती पत्र पाए लगत्तै पदबहाली गरेका थिए । सरकारले भने पूर्व कार्यकारी निर्देशकको सहमतिमा नै घिसिङलाई नियुक्त गरेको बताउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);