विद्युत प्राधिकरणमा कुलमानको नियुक्तीविरुद्धको रिट प्रधानन्यायाधीशको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

विद्युत प्राधिकरणमा कुलमानको नियुक्तीविरुद्धको रिट प्रधानन्यायाधीशको एकल इजलासमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तीविरुद्ध सर्वोच्चमा पूर्व निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिट शुक्रबार पेशी चढेको छ ।
हितेन्द्रले दायर गरेको रिट शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा परेको हो ।

यसअघि भदौ ८ गते प्रधानन्यायाधीश राणा कै इजलासले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषदेको निर्णय, प्राधिकरण सञ्चालक समिति बैठकको निर्णय र शाक्य तथा प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइन झिकाउन आदेश दिएको थियो ।

गएको साउन ३२ गते शाक्यले निर्देशक पद ‘थमौती गरिपाउँ’ भन्दै सर्वोच्चमा रिट दायर गराएका थिए । प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफूलाई हटाई कुलमान घिसिङलाई गरिएको नियुक्ति बदरको माग उनले गरेका छन् ।

पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत आफ्नो अधिकार हनन भएको शाक्यको रिटमा उल्लेख गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);