कुलमानको नियुक्ती निर्णय, प्राधिकरण र हितेन्द्रदेवबीच भएको सहमतिको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

कुलमानको नियुक्ती निर्णय, प्राधिकरण र हितेन्द्रदेवबीच भएको सहमतिको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय र प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहालीको माग राखेर शाक्यले दायर गरेको रिटमाथि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन दिनभित्र सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

इजलासले रिट निवेदक हितेन्द्रदेवले मागे बमोजिमको अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । निर्देशकको पदमा आफूलाई पुनर्बहाली गर्न शाक्यले अन्तरिम आदेशको माग गरेका थिए ।

पूर्व निर्देशक शाक्यले निर्देशक पद ‘थमौती गरिपाउँ’ भन्दै साउन ३२ गते सर्वोच्चमा रिट दायर गराएका थिए । प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफूलाई हटाई कुलमान घिसिङलाई गरिएको नियुक्ति बदरको माग गरेका शाक्यले गरेका थिए ।

Leave a Reply