समाजमा असमानताहरु छन् भने त्यसलाई अन्त्य गर्ने काम गरेका छौँ कि छैनौ ? : गौतम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

समाजमा असमानताहरु छन् भने त्यसलाई अन्त्य गर्ने काम गरेका छौँ कि छैनौ ? : गौतम

बैठकमा नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाका सदस्यहरुले दिगोविकास लक्ष्य हासिल गर्ने सन्र्दभमा सदस्यहरुले खेल्ने भूमिकालाई छलफलको विषय बनाउनुपर्ने बताए । उनले दिगो विकासका निम्ति राजनीतिक नेतृत्वको भूमिका धेरै महत्वपूर्ण उल्लेख गरे ।

गौतमले भने “दिगो विकास लक्ष्य प्राप्तिका निम्ति राजनीतक दलको भूमिका वृहत्तर महत्वपूर्ण छ । हामी परिवारमा सम्मानता, माया, स्नेहको आधारमा हामीले त्यहाँबाट विकास गरेका छौँ कि छैनौ? समाजमा असमानताहरु छन् भने त्यसलाई अन्त्य गर्ने काम गरेका छौँ कि छैनौ, एकथरी मानिस धनी र बहुसँख्य मानिस गरिब हुने स्थितीलाई हटाउनको निम्ति के गर्नुपर्छ ? आदी विषयहरु हामीले हेर्नुपर्छ ।

त्यस्तै माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले संघ, प्रदेश र स्थानीय तहको योजना आयोगको योजना बनाउँदाको समन्वय गर्दा संयोजनकारी भूमिका विकास गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, “संघ, प्रदेश र स्थानीय तहबीचको योजन निर्माण गर्दाको समन्वय कसरी भएको छ ? अहिले यसमा एउटा असन्तुलन छ, कुनै पनि सन्तुलन छैन, योजना आयोगले संघको बजेट योजना आफ्नो किसिमले गर्छ, प्रदेशले अर्को प्रकारले गर्छ र स्थानीय तहमा आफ्नै प्रकारले हुन्छ, त्यसैले संघ, प्रदेश र स्थानीय सरकारको योजना आयोगको योजना बनाउँदा संघदेखि गाउँसम्मको योजना निर्माण गर्ने सन्दर्भमा संयोजनकारी भूमिकालाई विकास गरेर लिएर जानुपर्छ, दिगो विकास लक्ष्यलाई लोकलाईजेशन गर्ने कुरा स्थानीय तहसम्म चेतनालाई विकास गरेर लिएर जानुपर्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);