प्रभु साह र लेखराज भट्टको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०७९, मंगलबार

प्रभु साह र लेखराज भट्टको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं । एमाले नेता प्रभु साह र लेखराज भट्टको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पूर्वमाओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साह र भट्टले आफूहरू माओवादी केन्द्रकै सांसद रहेको भन्दै कारबाही खारेज गर्न भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

सो रिटमा सर्वोच्चले सुनुवाइ गर्दै उनीहरूको हकमा अन्तरिम आदेश दिनु नपर्ने सुनाएको हो ।

एमाले अध्यक्ष केपी ओलीले साह र भट्ट पार्टीको केन्द्रीय सदस्य भएको खुलाएकाले दुवैले माओवादी केन्द्रको सांसद रहेको भन्ने दाबीलाई सर्वोच्चले अस्वीकार गरेको हो ।

Leave a Reply