सांसद नरहेका मन्त्रीको नियुक्ती बदरको माग गर्दै परेको रिट पुनः प्रधानन्यायाधीस कै एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सांसद नरहेका मन्त्रीको नियुक्ती बदरको माग गर्दै परेको रिट पुनः प्रधानन्यायाधीस कै एकल इजलासमा

काठमाडौं । सांसद नरहेका मन्त्रीको नियुक्ती बदरको माग गर्दै सवोच्चमा परेको रिट प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाको इजलासमा परेको छ ।

संघीय संसदमा सदस्य नरहेका वर्तमान सरकारका सात मन्त्रीलाई पदमुक्त गर्न आदेशको माग राखी परेको रिट बिहीबार प्रधानन्यायाधीस राणाको एकल इजलासमा परेको हो ।

अधिवक्ता कविलदेव ढकाल र विराज थापाले सांसद नरहेका व्यक्तिको मन्त्रीमा नियुक्ती तत्काल बदर गर्न माग गर्दै बुधबार दायर भएको रिटमा राणाको एकल इजलासमा आज सुनुवाई हुँदै छ ।

यसअघि सोही बिषयमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले दर्ता गरेको रिट पनि राणा कै एकल इजलासमा राखिएको थियो ।

सो इजलासमा उनले अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए । उनले निवेदनमा मागदाबी नै नलिएको भन्दै मन्त्रीहरूलाई तत्काल काम नगर्नू÷नगराउनू भनी आदेश दिन अस्वीकार गरेका थिए ।

वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा, खानेपानीमन्त्री मणि थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह, सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङ सांसद पद विना नै मन्त्रीमा दोहोरिएका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);