एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

kp oli

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

आज दिउँसो २ बजे प्रधानमन्त्री निवासमा स्थायी कमिटी बैठक बोलाईएको हो ।

बैठकमा पार्टीभित्रको पछिल्लो अवस्था तथा उपनिर्वाचनमा केन्द्रीत भई छलफल हुने बताइएको छ ।

साथै बैठकमा पार्टी भित्र रहेको विवाद समाधानका लागि बनाइएको कार्यदलमा रहेका ओली पक्षले रिपोर्टिङ गर्ने पनि बताइएको छ । यद्यपी कार्यदलको बैठक हालसम्म एक पटक मात्र बस्न सफल भएको थियो ।

कार्यदललाई तीन दिन भित्र प्रतिवेदन गर्न भनिएको भए पनि विभिन्न कारणले एक पटक मात्र बैठक बसिएको छ । गएको मंगलबार बैठक बसिएको हो । बुधबार पनि बैठक बस्ने भनिएको भएपनि बैठक बस्न सकेन ।

त्यसैगरी बैठकमा उपनिर्वाचनमा पार्टीका उम्मेद्वार राम बहादुर थापा बादललाई नेपाल पक्षबाट भएको असहयोगका बारेमा पनि छलफल हुने बताइएको छ ।

नेपाल पक्षले आफ्नो तर्फबाट उम्मेद्वार बनेका खिमलाल देवकोटालाई नै सहयोग गर्ने बताएको छ । देवकोटालाई नेपाली कांग्रेस तथा माओवादी केन्द्रको पनि साथ रहेको छ ।

उपनिर्वाचनमा कुन उम्मेद्वारलाई जिताउने भन्ने विषयले समाधानको बाटोमा लागेको एमालेको विवाद फेरि बल्झिने आशंका गरिएको छ।

स्थायी कमिटी बैठक लगत्तै नियमित मन्त्रिपरिषद्को बैठक पनि बसिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);