बागमती प्रदेशमा उपनिर्वाचनकाे मतदान सुरु, ९ बजेदेखि ३ बजेसम्म चल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बागमती प्रदेशमा उपनिर्वाचनकाे मतदान सुरु, ९ बजेदेखि ३ बजेसम्म चल्ने

काठमाडौं ।  बागमती प्रदेश अन्तर्गत रिक्त रहेको राष्ट्रिय सभामा सदस्यको पदका लागि मतदान सुरु भएको छ ।



मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा मतदान सुरु भएको हो । उपनिर्वाचनमा प्रदेश सभा सदस्य १ सय १० जना र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ मतदाता छन् । आयोगले मतदानको समय बिहान ९ बजेदेखि ३ बजेका लागि तोकेको छ ।

निर्वाचनका लागि तीनवटा केन्द्र तोकिएका छन् । भुटनदवी माविमा प्रदेश सभा सदस्यका लागि क, अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुखका लागि ख र कोभिड–१९ संक्रमितका लागि गरी तीनवटा मतदान केन्द्र तोकेको छ ।

निर्वाचनमा मतादताहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने लगायत स्वास्थ्य मापदण्ड लागु गरिएको आयोगले जनाएको छ । निर्वाचनमा एमालेबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल उमेदवार रहनुभएको छ भने त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीबाट डा. खिमलाल देवकोटा उमेदवार छन् ।

उहाँलार्ई एमालेको खनाल–नेपाल समूहको समेत साथ रहेको बताइन्छ । तर, एमालेको विवाद समाधानका लागि कार्यदल बनेर काम सुरु गरिसकेकाले उक्त समूहको भोट कता हाल्ने भन्ने अझै टुंगो नरहेको नेताहरु बताउँछन् । त्यस्तै नेपाल मजदुर किसान पार्टी नेमकिपाले कृष्णबहादुर तामाङलाई उमेदवार बनाएको छ ।

यो पनि पढ्नुहोस

विवेकशील साझा पार्टीले बागमती प्रदेश सभाकाे उपनिर्वाचनमा मतदान नगर्ने

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);